Love Status #1 - Guffshop

Guffshop

Guffshop

Breaking News

test banner

Post Top Ad

Responsive Ads Here

Tuesday, December 19, 2017

Love Status #1




"सबैले भन्छन यँहा"कोही कसैको प्रेमी वा प्रेमिकाले साथ छोड्दैमा मलाई उस्ले माया नै गर्दैन थियो यदि माया गर्थियो त मेरो साथ किन छाडेर जान्थियो भनेर तर कोही कसैले यो बुझ्दैन कि मनमा माया भएर पनी कसैको बाध्यता थियो"चाहाना हुदा हुदै बाहानामा जिउनुको दुख कस्तो हुन्छ"जाऊ गएर सोध त्यो सुन्दर गुलाफ बिच रमाएर बसेको"काँडा"लाई।।






ससार मा माया को न त जात हुन्छ न कुनै रंग हुन्छ। यहाँ जति नै माया कि नगरु म तर पनि उनलाइ भने जहिले नि कम हुन्छ।




"थाहा छैन किन मान्छे कोही कसै सँग यति धेरै प्रेम हुन्छ।उसैको यादमा आफुलाई भुलाउछ।भनिन्छ नि-कोही मान्छे आफ्नो हुनु छ भने उ आफ्नै हुन्छ चाहे उ हजारौ सँग रमाएर नै किन नबसोस।
--'यस्तै म पनी आजभोली खुबै हराउछु"तिम्रो यादमा।"मेरो पनी प्यार भएको छ तिमी सँग"साच्चै कति प्यारो छौ है मेरो।
नदेखेको छु तिमीलाई नभेटेको छु तर पनी जिन्दगी जिउने कल्पना गर्छु"दुख,सुख सगै साटने बाचा गर्छु"तिम्रा ति आँखामा आँशु आउन दिने छैन फेरि तिमी दुखी भएको हेर्न सक्दिन सानु।
'तिमी नबोल्दा यो मन दुख्छ,अनायसै आँखा बाट आँशु बग्छ,रुन्न भन्दा पनी परेलीको बाधले पनी तिम्रै कमी दिलाउछ।
म त साच्चै नै तिमी सगै नजिक छु।
तिमी सगै तिम्रो परिवार सगै माया बसेको छ सानु।।
हाम्रो सम्बन्धमा कसैको आँखा नलागोस,रुएको पल पनी हाम्रो परिवारमा हाँसो छाओस।
"दुख पनी नभनौला म,सुख चाहिन्छ पनी भन्दिन म।
तिमी र तिम्रो परिवार सँग सधै खुसी हुन्छु।
तिमी हाँस्दा म नी हाँसीदिन्छु,तिमी रुदा म आफै दुखी हुन्छु।
छोडी नजानु है"मलाई कतै"
म त एक्लै-एक्लै शुन्यमा बिलाई जान्छु।
सधै प्राथना गर्छु।
हाम्रो खुसीमा दैब नलागुन,सबैको आहा"बनोस हाम्रो सम्बन्ध।।
Love uu..





नबोलिकन चुपचाप हेरिदिने
तिम्रो त्यो बानिले लठ्ठ पार्यो
चन्चले अनि धेरै भाषा बोल्ने
अँखाको नानिले लठ्ठ पार्यो







आत्माकथा 
भनिन्छ ठुलो मान्छे को ठुलै सान अनि मान हुन्छ रे ।सायद होला पनि उनीहरु ठुलै हुन्छन् तर बाहिरी रूपमा ।भित्र भित्रै अरुलाइ सोसन गरेर उनिहरु ठुला भएका हुन्छ्न अनि हामी मुर्ख उनिहरु को बाहिरी सान र मान लाई देखेर ठुला ठान्छौ ।नाम मात्रै का ठुला तर मनका कठाेर यति कठोर कि सायद ढुङ्गा बरु रसाउला उनिहरुको मन रसाउदैन।
त्यही ठुलो मान्छेको सङ्गतले केहि हुन्छ कि भनेर सङ्गत गर्न खोजे तर सकिन ,जहिले पनि बाहिरी देखावटी पंखा ले फुत -फुत फालिरहे तर मैले हरेस भने खाइन र खान्न पनि भनी मन अझ कठोर बनाउदै लगे सायद म मा पनि उनीहरुको भित्री आचरण को प्रभाव परेकोले होला ।
तर कति दिन मैले बाहिरी रुपमा आफुलाइ कठोर बनाउने आखिर म छ्ताछुल्ल भएर पोखिए यसरी पोखिएकी आफुलाइ साधारण अवस्था सम्म आउन पनि सार्है गाह्रो पर्यो ।।।।।।।।।।।




सायद यो मुटु मा आज तिमी नभैदिएको भए मेरो मन पनि सिमल को भुवा सरि माथी माथी आकाशमा स्वतन्त्रता का साथ उडिरहेको हुन्थ्यो होला सायद 
।। 
 
 
 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here